काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गरेका छन् । "/>

राप्रपाको कित्तामा कांग्रेस नआए प्रजा परिषद हुन्छ : कमल थापा

राप्रपाको कित्तामा कांग्रेस नआए प्रजा परिषद हुन्छ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गरेका छन् । कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने दाबी गरे ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा थापाले राप्रपाको अबको बाटो संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गरे ।

अब निराशाको चरण समाप्त भइसकेको भन्दै उनले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशन समेत दिए । यता थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको आरोप लगाए ।
नयाँ पत्रिकाबाट

Logo