काठमाडौं

योजना निर्माणमा विभिन्न विवाद , स्थानियहरुको अवरोध तथा ठेकेदारले विच–विचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसकेपछि नागरिक निराश भइरहेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेको पाइएको छ । "/>

मेलम्ची आयोजना : कूटनीतिक पहलका लागि खानेपानी मन्त्रीको आग्रह

मेलम्ची आयोजना : कूटनीतिक पहलका लागि खानेपानी मन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

योजना निर्माणमा विभिन्न विवाद , स्थानियहरुको अवरोध तथा ठेकेदारले विच–विचमा काम छोड्ने गरेका कारण योजना समयमा सम्पन्न हुन नसकेपछि नागरिक निराश भइरहेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेको पाइएको छ । त्यसैले अहिले खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेकी छिन् ।

मन्त्री मगरले बिहिबार परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहल मार्फत समस्या समाधानका लागि आग्रह गरेकी हुन् । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिए ।

ठेकेदार आफैँ सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको तथा बारम्बार प्रतिबद्धता जनाउने र काम नगर्ने अवस्था आएको छ भन्दै कूटनीतिक पहल जरुरी रहेका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराइएको सचिव बिसीको भनाइ छ । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा चासो राख्न लगाउनका लागि नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गरिन् ।

गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले सो विषयमा विस्तृतमा छलफल गरेर इटालेली दूतावासमा कुरा गरिने बताउँदै नेपालको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न गर्न नयाँ दिल्लीस्थित इटालेली दूतावासमा आवश्यक पहल गरिने पनि प्रतिबद्धता व्यक्त गरे ।

इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिई काम शुरु गरेको थियो । कम्पनीको ठेक्काको म्याद गत वैशाख ३१ गते नै सकिसकेको छ । राजधानीवासिको खानेपानीको सपनाका रुपमा रहेको चर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी ल्याइने भनिएको पनि २० वर्ष बितिसक्यो तर अहिले सम्म पनि योजना सम्पन्न हुन नसक्दा राजधानीवासिको सपना विपनामा परिणत हुन सकेको छैन । ठेकेदारले कार्ययोजनानुरुप आफ्नो पूर्ण क्षमतामा काम गरेमा आगामी भदौ १५ गते भित्र काठमाडौँमा पानी ल्याउन सकिने सम्भावना अझै छ । अहिले झन्डै एक महिना देखि आयोजनाको काम रोकिएको छ ।

यता मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ । ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ । आयोजनाले कुनै कानुनी उपचार नखोजी चेक मार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो । कानुन अनुसार ठेकेदार कम्पनीले क्षतिपूर्ति दाबी गरे आयोजनाले अदालतमा उजुरी दिनु पर्छ । तर आयोजनाले अहिले सम्म उजुरी नदिएको महालेखा प्रतिवेदनमा उल्लेख छ । ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दी लगायत कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको थियो । 

 

 

Logo