काठमाडौं

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । "/>

नेकपाको दल दर्ता प्रकृया यसकारण रोकियो !

नेकपाको दल दर्ता प्रकृया यसकारण रोकियो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको कानुनी शाखाले यसबारे विस्तृत अध्ययन गरिरहेको बताउदै निर्वाचन आयोगले दल दर्ताबारे शाखाको अध्ययन पश्चात निर्णय लिने बताए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि गठन भएको नेकपाको केन्द्रीय समितिमा हाल ४ सय ४१ सदस्य छन् । जसमा महिलाको संख्या ७२ मात्र छ । यो कुल संख्याको १६ प्रतिशत मात्रै हो । दल दर्ताका लागि पार्टी दर्ता ऐन २०७४ को धारा १५ (४) बमोजिम महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने प्रावधान छ ।
नागरिकबाट

Logo