धनगढी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन् । "/>

आफू विद्रोहमा उत्रिएको बारे भिम रावलले दिए यस्तो स्पष्टिकरण

आफू विद्रोहमा उत्रिएको बारे भिम रावलले दिए यस्तो स्पष्टिकरण

केन्द्रबिन्दु
0
Shares

धनगढी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन् ।

आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै रावलले जो पायो त्यही व्यक्तिलाई केन्द्रीय कमिटीमा लिन खोज्दा आफू विद्रोहमा उत्रिएको पनि स्पष्ट पारे । एमाले र माओवादी एकीकरण हुँदा तपाईले विद्रोह गर्ने चर्चा थियो नि भन्ने प्रश्नमा उनले भने– ‘पार्टीको मर्यादा, अनुशासनमा नबस्ने, अश्लील शब्द प्रयोग गर्ने, बोलीचालीको भाषामा भन्दा छाडा किसिमले जे पायो त्यही गर्नेलाई केन्द्रमा ल्याउन खोजिएकोले विद्रोहको कुरा गरेको हो । तर पार्टीले त्यो सच्याएपछि म पछि हटें ।

नेता रावलले वर्तमान सरकार र पार्टी उच्च तहमा प्रदेश ७ को यथोचित प्रतिनिधित्व नभएको गुनासो गरे । तत्कालिन सुदूरपश्चिम र अहिलेको ७ नम्बर प्रदेश आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पनि पछाडि परेको सन्दर्भमा सरकारमा उचित प्रतिनिधित्वका विषयमा पार्टीको प्रदेश कमिटी र, बजेटमा प्राथमिकताका विषयमा प्रदेश ७ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी माग राखेपनि उचित व्यवस्था नभएको उनको भनाई छ ।

‘हामीले तत्कालिन प्रधानमन्त्री र नेपाली कांग्रेसका पार्टी सभापतिको पार्टी काँग्रेसलाई कमजोर बनाएर झण्डै एकलौटी जित्यौं । तरपनि सरकार र एकीकरण भएको पार्टीमा ७ नम्बर प्रदेशको उचित मूल्यांकन भएन’, उनले गुनासो दोहोर्याए ।
नागरिकबाट

Skip This
Skip This
Logo