महोत्तरी

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ । "/>

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

समयमै निर्माण नसक्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइयो

केन्द्रबिन्दु
0
Shares

महोत्तरी

जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न योजनाको निर्माण ठेक्का लिएर समयमा काम पूरा गर्न नसकेको र अटेर गर्ने ठेकेदार कम्पनीहरुको सूची तयार गरी गृहमन्त्रालयमा पठाएको छ । गृहन्त्रालयको निर्देशन बमोजिम निर्माण कार्यको ठेक्का लिएर समयमै काम पूरा गर्न नसकेका र अटेर गर्ने ठेकेदार कम्पनीहरुको बुधबारसम्म नामावली संकल्न गरी गृह मन्त्रालयमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

जनताको तटबन्धको फिल्ड कार्यालय महोत्तरी, डिभिजन सडक कार्यालय जनकपुर, भूमिगत जल सिँचाई विकास डिभिजन महोत्तरी जलेश्वर र जनकपुर परिक्रमा सडक अन्तर्गतको १७ वटा निर्माण कार्यको ठेक्का लिएर समयमै काम पूरा नगरेको र अटेर गरी बसेका ठेकेदार कम्पनिको नाम मन्त्रालयमा पठाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।

जनताको तटबन्धको फिल्ड कार्यालय महोत्तरीद्वारा राष्ट्रपति चुरे संरक्षण कार्य धनुषा महोत्तरी अन्तर्गतको रातो आरटिडब्लु किसान नगर र रातो आरटिडब्लु पशुपति नगरका लागि सविना निर्माण सेवा जनकपुर, रातो आरटिडब्लु हतिसर्वाका लागि जिके कन्ष्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु कविलासाका लागि शिवम कन्स्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु वनचौरीका लागि ओम दिप कन्स्ट्रक्सन जनकपुर, रातो आरटिडब्लु सिंग्याहीका लागि आशिष कन्स्ट्रक्सन, रातो आरटिडब्लु सिद्धि साई प्रकाश समाखुसी काठमाडौं, रातो आरटिडब्लु सिंग्याही र रातु आरटिडब्लु खैरवा भिटामोडका लागि हिमांसु लोकेस देव जेभी सुविधानगर काठमाडौंको नाम मन्त्रालयमा पठाइएको जिल्ला प्रशासन महोत्तरीले जनाएको छ ।
नागरिकबाट

Logo