दिवस गुरागाईं/काठमाडौं । ‘पिएम, तपाईं भ्रष्ट हुनुभयो भनेर वाहिरबाट धेरै कुरा आएका छन् । ’ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नयाँ राजा ज्ञानेन्द्रले यसो भन्ने बित्तिकै कोइरालाले जवाफ फर्काएछन् – ‘महाराजले पनि दाइको हत्या गरे भन्दैछन् । "/>

दरबार हत्याकाण्डका १२ आशंका (भिडियोसहित)

दरबार हत्याकाण्डका १२ आशंका (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

दिवस गुरागाईं/काठमाडौं । ‘पिएम, तपाईं भ्रष्ट हुनुभयो भनेर वाहिरबाट धेरै कुरा आएका छन् ।’ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नयाँ राजा ज्ञानेन्द्रले यसो भन्ने बित्तिकै कोइरालाले जवाफ फर्काएछन् – ‘महाराजले पनि दाइको हत्या गरे भन्दैछन् ।’ प्रधानमन्त्रीको जवाफले तत्कालिन राजा ज्ञानेन्द्र चुप भएछन् ।

वाहिर आएर पनि कोइरालाले दरबार हत्याकाण्डलाई ‘ग्राइण्ड डिजाइन’ को संज्ञा दिए । तर, उनको यो भनाइको अर्थ के थियो ? कसैले बुझेनन् । त्यसैगरी तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पनि दरबार हत्याकाण्डको पुनः छानमिन गर्नुपर्ने माग गरेका थिए । आधिकारिक मानिसले छानविन प्रतिवेदन माथि गरेको आशंकाले आम मानिसमा समेत आशंका जन्माएको थियो ।

त्यसैगरी अभिनेता नीर शाहले पनि दरबार हत्याकाण्डका सम्बन्धमा दुई वर्षपछि बोल्ने सार्वजनिक मञ्चबाट घोषणा नै गरेका थिए । नीर शाहका दाजु खड्गबिक्रमको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो भने नीर तत्कालीन अधिराज कुमार धिरेन्द्रका अनन्य मित्र मानिन्थे । तर उनले १७ बर्षपछिसम्म पनि त्यस घटनाकाबारेमा मुख खोलेका छैनन् । उनले किन दरबार हत्याकाण्डका सम्बन्धमा त्यसो भनेका थिए, कसैले बुझ्न सकेका छैनन् ।

२०५८ साल जेठ १९ गते राती १० जनाको हत्या भएको दरबार हत्याकाण्डकाबारेमा छानविन प्रतिवेदनले तत्कालिन युवराज दिपेन्द्रले सबैलाई खेदी खेदी गोली हानी हत्या गरेको उल्लेख गरेको छ । नाम नखुलेको कालो पदार्थ खाएर होस् गुमाएका युवराजले एक्लै एके ४७, अर्को पनि पेस्तोल, छर्रा लगायत धेरै किसिमका बन्दुक चलाएको उल्लेख छ । जो आफैंमा बिश्वसनीय मानिएन । तत्कालिन दरबारले निकालेको विज्ञप्ति पत्याउने हो भने स्वचालित हतियार आफैं पड्कियो र घटना घट्यो ।

दरबार हत्याकाण्डको विषयमा पुस्तक लेखेका प्रा. डाक्टर राजकुमार पोखरेलको दावी अनुसार दिपेन्द्रका ५ वटा डमी थिए । र, सवैले भिन्न भिन्न बन्दुक चलाएका थिए । उनका अनुसार एउटै समयमा ९ जनालाई खेदेर गोली हानिएको थियो ।

यस्ता धेरै तथ्य छन् जसले त्यस घटनालाई आशंकाको घेरामा राखिदियो । यसैप्रकारका अनुत्तरित र अविश्वसनीय कुराले दरबार हत्याकाण्डको छानमिन प्रतिवेदनलाई आम मानिसले विश्वास गर्न सकेनन् । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत रहेको छ ।

यी हुन १२ आशंका

Logo