काठमाडौँ
संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै निर्माण व्यवसायीले ठेक्का लिएर काम नगर्दा ३४२ आयोजना अलपत्र परेका छन् । तोकिएको समयमा ठेकेदारले काम नगरेपछि कयौँ योजना अलपत्र परेका अलपत्र छन् । ठेकेदारले सम्झौता अनुसार काम नगरेका कारण यति धेरै आयोजना राजधानीमै अलपत्र भएका हुन् । सम्झौता गरेर समयमा काम गर्न नसकेका ठेकेदार माथि कडाई गर्दै गृहमन्त्रालयले ठेकेदारहरुको सूची तयार पारेको हो ।
उक्त सूचीमा राजधानीमा मात्रै ३४२ आयोजना काम अधुरै छन् । कतिपय आयोजनाको त काम नै सुरु भएको छैन । गृहले भौतिक पुर्वाधारको नाम, ठेकदार कम्पनी, सम्झौता भएको अवधि र कार्यप्रगति सहित सूची तयार पारेको छ । जसमा १५० भन्दा बढी आयोजनाको कामको प्रगति अत्यन्त न्यून छ । एउटै निर्माण कम्पनीले धेरै आयोजना लिएर अलपत्र पारेको पनि भेटिएको छ । धेरै ठेक्का लिएका ठेकेदारले त अझ काम नै सुरुवात गरेका छैनन् ।
गोरखा एप्रोप्रियट टेक्निोलोजी फर रिकन्स्ट्रक्सन प्रालि, ओकेएस प्राली, रुद्रादेवी कन्स्ट्रक्सन, राजधानी कन्स्ट्रक्सन, शैलेश कन्स्ट्रक्सन, कोशी कन्स्ट्रक्सन, पूर्ण विनायक कन्स्ट्रक्सन, पशुपति कन्स्ट्रक्सन, जागृत निर्माण सेवा र जल्पा निर्माण सेवा लगायत निर्माण कम्पनी एक भन्दा बढी ठेक्का लिएर काम अलपत्र छोडेका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया