गएराती दुईपटक भुकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ९ बजे ४५ मिनेटमा दैलेख केन्द्र भएर भूकम्प गएको हो । यसको तिब्रता ४.३ म्याग्नेच्युड थियो । त्यस्तै आज जेठ १८ गते बिहान २ बजेर १७ मिनेटमा गोरखा केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गयो । यी पछिल्ला २ भूकम्प केवल ५ घण्टाको अन्तरमा महशुस भएका हुन् ।
पछिल्ला ९ दिनमा ३ पटक भूकम्पको धक्का महशुस भएको छ । जेठ १० गतेदेखि जेठ १८ गतेसम्मको अवधिमा ३ पटक ४ म्याग्नेच्युडभन्दा ठूलो भूकम्पको धक्का महशुस भएको हो । यो सबै २०७२ साल बैशाख १२ गते गएको भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि जेठ १० गते बेलुका ८ बजेर १० मिनेटमा दार्चुला केन्द्र भएर भूकम्प गएको थियो । यसको तिब्रता ४.६ म्याग्नेच्युड थियो । २०७२ साल बैशाख १२ गते गएको भूकम्प पछि ४ वा सो भन्दा बढी म्याग्नेच्युडका ४ सय ९५ परकम्प महशुस भएका छन् ।





























प्रतिक्रिया