दोलखा
कानुनमन्त्री शेरबहादुर तामाङले बेरोजगारी समस्या समाधानका लागि स्वदेशमै रोजगार सिर्जना गर्न सरकारले दीर्घकालीन योजना बनाएर बिनाधितो शैक्षिक प्रमाणपत्र राखी १० लाख सम्म ऋण प्रदान गर्न लागेको बताए ।
बिहीबार भीमेश्वर नगरपालिकाद्वारा आयोजित शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै कानुनमन्त्री तामाङले भने, ‘हरियो पार्सपोर्ट बोकेर खाडी मुलुकमा गई रगतपसिना बगाउने बेरोगार जनशक्तिलाई स्वदेशमै रोजगार दिई हरियो चेक प्रदान गर्ने सरकारको तयारी छ ।
भ्रष्टाचारमुक्त मुलुक बनाएर भावी नेतृत्वलाई असल समाज हस्तान्तरण गर्ने योजनाका साथ सरकार कर्तव्यनिष्ठ भएर अघि बढेको मन्त्री तामाङको भनाइ थियो । शैक्षिक प्रसंगमा राष्ट्रभरिका संस्थागत, सामुदायिक सबै विद्यालयमा एउटै पाठ्यक्रम लागू गर्न सरकारले योजना बनाइरहेको बताउँदै मन्त्री तामाङले पाठ्यक्रम अनुसार आफ्नो क्षमता बढाई अध्यापनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरे । उनले घुमाउरो भाषामा क्षमता बढाउन नसके जागिर छोड्न समेत चेतावनी दिए ।
राजधानीबाट





























प्रतिक्रिया