काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । "/>

प्रधानमन्त्री असार ५ मा चीन जाने, भ्रमण कार्यक्रम भने गोप्य

प्रधानमन्त्री असार ५ मा चीन जाने, भ्रमण कार्यक्रम भने गोप्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । यद्यपी सरकारले भने ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् ।

असार ५ गते देखि १० गते सम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ । नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ ।

चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ खुमलटारमा भेटेर जानकारी गराएका थिए । ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

Logo