नुवाकोट

नुवाकोटमा विहीवार कार्यालय समयमै एक जना सरकारी कर्मचारीसहित इन्जिनियरहरु कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका छन् । "/>

कार्यालय समयमा चेस खेल्ने कर्मचारीलाई सांसदले समाते पछि…!

कार्यालय समयमा चेस खेल्ने कर्मचारीलाई सांसदले समाते पछि…!

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

नुवाकोटमा विहीवार कार्यालय समयमै एक जना सरकारी कर्मचारीसहित इन्जिनियरहरु कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका छन् । विनाशकारी भुकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी रहेको सरकारी कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा सांसद नारायणप्रसाद खतिवडाले छड्के अनुगमन गर्दा सरकारी कर्मचारी कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका हुन् ।

सांसद खतिवडा सहित र पत्रकारहरुको टोलीले संयुक्त रुपमा गरेको कार्यालय अनुगमनका क्रममा कार्यालयका सब–इन्जिनियर आभाष पौडेल सहित तीन जना चेस खेलिरहेको अवस्थामा फेला परेका हुन् । यता सरकारी कर्मचारी र निकायको ढिलासुस्तीका कारण निर्माण थालेका र सम्पन्न गरिसकेका लाभग्राहीहरु आफ्नो काम नभएको गुनासो गरिरहेका छन् ।

सरकारी कार्यालय कर्मचारी अभावमा काम हुन नसकेको ओठे जवाफ दिइरहेको छ । तर कर्मचारीहरु कार्यालय समयमा खेलवाड र मोजमस्तीमा छन् । विहीवार विदुर नगरपालिका–९ कोलोनीमा रहेको शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयमा दिउँसो १ बजेर ५८ मिनेटमा पुग्दा कर्मचारी टेबुलभरी असरल्ल काम थुपारेर चेस खेलिरहेको अवस्थामा भेटिएका हुन् ।

सांसद खतिवडाले रंगेहात फेला परेका सव–ईञ्जिनियर आभाष पौडेलले खाजा खाने समयमा मनोरञ्जन गरेको दाबी गरे । आफ्नै कार्यकक्षमा भवन निर्माणको जिम्मेवारी लिएर आएका अन्य दुईजना जम्मा पारेर उनी चेसमा भिडिरहेका थिए ।
अन्नपूर्णबाट

Logo