काठमाडौं
मेलम्चीको पानी काठमाडौंको घरघरमा रहेको धारासम्म पु¥याउन पूर्वाधार तयार पार्ने काम मेलम्ची उप–आयोजना–२ ले गरिरहेको छ । यो उप–आयोजना आयोजना कार्यान्वयन निर्देशनालय मातहत रहेको छ । यस आयोजनाले साँढे २६ किलोमिटर सुरुङ भएर सुन्दरीजलको पानी प्रसोधन केन्द्रमा मेलम्चीको पानी आइसकेपछि काठमाडौंवासीको घरघरसम्म खानेपानी पु¥याउने काम गर्दछ ।
यसका लागि यस आयोजनाले काठमाडौं उपत्यकाका १० स्थानमा ७ करोड ५० लाख लिटर क्षमताका १० वटा ट्यांकीमध्ये ९ ट्यांकी निर्माण गरेर सञ्चालन गर्ने तयारी अवस्थामा राखेको निर्देशनालयका प्रवक्ता लीला ढकालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले उपत्यकाका १० स्थानमा ७ करोड ५० हजार लिटर क्षमताका १० वटा ट्यांकी मध्ये ९ ट्यांकी निर्माण सम्पन्न गरेर पानी सञ्चालनका लागि तयारी अवस्थामा राखेका छौं ।’
उहाँका अनुसार भक्तपुरको कटुन्जेमा १ ट्यांकी निर्माणाधीन अवस्थामा रहेको छ भने बालाजु, बाँसबारी, महांकाल, आरुबारी, टिगेनी, खुमल्टारमा २ वटा ट्यांकी निर्माण सम्पन्न गरिसकेको छ । निर्देशनालय अन्तर्गत उप–आयोजना–२ को काम खानेपानीको पाइप लाइन बिछ्याउने, भल्भ चेम्बर, फायर हाइड्रेन्ट र घरघरमा धारा जडान गर्ने रहेको छ । उप–आयोजनाले यसबेला यी सबै काम अन्तिम चरणमा पुगेको दाबी गरेको छ । समग्रमा उप–आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया