काठमाडौं

पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा बुधबार सिलबन्दी गरिएको छ । "/>

सगरमाथा फुड एण्ड विभरेजमा सिलबन्दी

सगरमाथा फुड एण्ड विभरेजमा सिलबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका, २०७४ विपरीत सञ्चालनमा रहेको मातातीर्थस्थित सगरमाथा फुड एण्ड विभरेज प्रालिमा बुधबार सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु फेला नपरेको तथा पिउने पानी मापदण्ड सम्बन्धीको निर्देशिका विपरीत हातले पानीको बोतल भरेको, विभिन्न कम्पनीका स्टिकर लगाइएको, जारमा पानी भरी बिक्री वितरण गरेको देखिएपछि हाललाई सम्पूर्ण सामग्री सञ्चालनमा स्वयंको जिम्मामा रहने गरी सम्पूर्ण कारोबार रोक्का समेत गरिदिएको छ ।

उक्त स्थानबाट आक्वा एण्ड ब्राण्डको २०१८ मे मा उत्पादित एक लिटरको दुई बोतल नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउनाका साथै विभिन्न कम्पनीको स्टिकर भएको जार २१४ वटा, एक लिटरको पानी भरिएको प्याकिङ गरिएको ४७ बाक्सा र बाक्सामा प्याकिङ नगरेको ३६० बोतल पानी बिक्री वितरण नगर्न निर्देशन दिइएको अनुगमन संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी विभागले अनुगमनका क्रममा सनसाइन विभरेज प्रोडक्सन प्रालि, मातातीर्थले मुहानको सरसफाइ नभएको तथा ट्यांकीका बिर्कोहरु खुल्ला रुपमा रहेको मुहानको सरसफाइमा उचित व्यवस्थापन गर्न, ट्यांकरबाट वितरण गर्ने पानीमा पनि क्यालोरी अनिवार्य रुपमा राख्न, स्टोरेज ट्यांकीको नियमित सरसफाइ गर्ने, ट्यांकीमा बिर्कोको व्यवस्था गर्न र उपरोक्त सम्पूर्ण काम सम्पन्न गरी एक महिनाभित्र फोटोसहित यस विभागमा प्रमाण पेश गर्न निर्देशन दिएको छ ।
रासस

Logo