काठमाडौँ

पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइ सक्ने घोषणा गरिएको छ । "/>

आगामीवर्ष निजी आवास पुनःनिर्माण सम्पन्न गरिने

आगामीवर्ष निजी आवास पुनःनिर्माण सम्पन्न गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइ सक्ने घोषणा गरिएको छ । पुनःनिर्माणका लागि आव २०७५/२०७६ मा एक खर्ब ५१ अर्ब आठ करोड १३ लाख बजेट छुट्याइएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र गत वर्ष तराई–मधेश क्षेत्रमा आएको बाढीपहिरो पीडितका लागि आवास पुनःनिर्माणलाई गति दिइने अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

बाढीपहिरो र डँढेलो लगायत सबै प्रकारका प्राकृतिक प्रकोपपीडितको आवास निर्माणका लागि समेत बजेट व्यवस्था गरिएको छ । पुनःनिर्माणका अन्य आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्माणलाई थप तीव्रता दिइने प्रतिबद्धता बजेटको छ ।

प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद व्यवस्थापनका लागि पूर्वतयारी गरिने भएको छ । विपद प्रभावितले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने लक्ष्य समेत बजेटको छ । यसका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गरेका छन् ।
रासस

Logo