काठमाडौँ
सरकारले आव २०७५/७६ लाई राष्ट्रिय सरसफार्इ अभियान वर्षका रुपमा मनाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी तीन वर्ष भित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्न राष्ट्रिय सरसफाइ अभियान वर्ष मनाउने भएको हो ।
सरकारले शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिकस्थानमा सुविधा सम्पन्न स्मार्ट शौचालय निर्माण गर्न आवश्यक रकम समेत विनियोजन गरेको छ । सबै घरमा शौचालय निर्माण गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ ।
यसैगरी खुला दिसामुक्त क्षेत्रमा स्थानीयतहको सहकार्यमा पूर्णसरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै संगठित क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम समेत यसै कार्यक्रममा परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
रासस





























प्रतिक्रिया