काठमाडौं

अब देखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । "/>

श्रम नियमावलीः श्रमिकलाई संचयकोष वा उपदानको सुविधा अनिवार्य दिनु पर्ने !

श्रम नियमावलीः श्रमिकलाई संचयकोष वा उपदानको सुविधा अनिवार्य दिनु पर्ने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अब देखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंक मार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताए । मन्त्रिपरिषद्ले पास गरेको श्रम नियमावलीले हरेक उद्योग, प्रतिष्ठानले व्यवसायजन्य सुरक्षामा समेत जोड दिएको छ । कामदारको कार्यस्थलमा हुने दुर्घटना, मेसिनरी यन्त्र उपकरण सञ्चालन गर्दा सावधानी अपनाउने व्यवस्था उद्योग, प्रतिष्ठानले मिलाउनु पर्नेछ ।

त्यस्तै कामको सिलसिलामा श्रमिक दुर्घटनामा परेको खण्डमा वा बिरामी भएमा उपचार गर्नु पर्नेछ । नियमावलीमा ५० भन्दा बढी महिला कार्यरत उद्योगमा तीन वर्ष भन्दा कम उमेरका शिशु राख्न शिशु स्याहार केन्द्रको व्यस्था हुनुपर्ने व्यस्था गरेको छ । साथै ५० भन्दा बढी श्रमिक कार्यरत उद्योगले विश्राम कक्षको समेत व्यवस्था गर्नु पर्नेछ । यस्तै नियम २२ को उपनियम १ मा कामदार/ श्रमिकलाई संचयकोष वा उपदानको सुविधा अनिवार्य दिनु पर्ने उल्लेख गरिएको छ ।
नागरिकबाट

Logo