बालकृष्ण ढुंगेललाई आममाफी नदिन माइतिघरमा आन्दोलन (भिडियोमा)

बालकृष्ण ढुंगेललाई आममाफी नदिन माइतिघरमा आन्दोलन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडांैमा बिरोध प्रर्दशन गरेका छन ।

हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा आम माफी दिन सरकार लागिपरेको भन्दै द्धन्द्धपीडितहरुले विरोध प्रर्दशन गरेका हुन । काठमाडौंको माईतीघर मण्डलामा आईतबार बिहान १० बजेतिर भेला भएका उनीहरुले मुलुककै कानुन र अन्तराष्ट्रिय कानुनको समेत धज्जी उडाउँदै सरकारले बालकृष्ण ढुंगेलजस्ता अपराधिलाई आम माफी दिन लागेको भन्दै आपत्ति जनाएका छन । द्धन्द्धकालका हत्यारा ढुंगेललाई आम माफी नदिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्न बाध्य हुनु परेको द्धन्द्धपीडित सावित्री श्रेष्ठले जानकारी दिनु भयो । उहाँले हत्यारालाई उन्मुक्त दिने काम कुनै पनि हिसाबले सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणको आधारमा सर्वोच्च अदालतको आदेश अनुसार ढुंगलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन । उज्जनकुमार श्रेष्ठकी दिदी समेत रहनु भएकी सावित्रीले मानव हत्याजस्तो जघन्य अपराधमा संलग्न ढुंगेललाई आममाफी दिन खोजिएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । सरकार राजनीतिक आडमा द्धन्द्धपीडितमाथि झनै आघात पुग्ने गरी हत्याराहरुलाई कार्वाही गर्नुको साटो उन्मुक्ति दिने दिशातर्फ उन्मुख रहेको द्धन्द्धपीडितहरुको गम्भिर आरोप छ । यता, सर्वोच्च अदालतले पनि ढुंगेललाई आममाफी दिनुपर्ने लिखित कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

Logo