काठमाडौं
काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटल सहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णय अनुसार होटल धरहरा हाउस क्याफे सहित १३ वटा सटर भत्काइएको हो ।
धरहरा सञ्चालन सम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले भने, “व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनः निर्माणको लागि खाली गर्नु परेको हो ।”
टहरा, पसल, रेष्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन महानगरले शुक्रबार २४ घण्टे सूचना जारी गरेको थियो । सूचना बमोजिम शनिबार बिहानै देखि व्यापारीहरुले आ–आफ्ना सामान हटाउन थालेका थिए ।
रासस





























प्रतिक्रिया