एक गिलास दुध पिउँदा हाम्रो शरीरलाई दैनिक चाहिने ४० देखि ५० प्रतिशत क्याल्शियमको आवश्यक्ता पुरा हुन्छ । यो दुध हामी गाई, भैंसी, बाख्री आदिबाट प्राप्त गरिरहेका हुन्छौं । तर अब यी कुराहरु अब विस्तारै एकादेशको कथा जस्तै हुनेछ ।
साथै अब यसको विकल्पमा कक्रोज अर्थात साङ्लाको दुध पिइनेछ । तपाईलाई यो कुरा अपत्यारिलो लाग्न सक्छ । तर बैज्ञानिकहरुले अहिले यही विषयमा अध्ययन गरिरहेका छन् ।
खासमा भन्ने हो भने साङ्लाको दुध पोषक तत्वको पावरहाउस हो । दावी गरिए अनुसार यसमा प्रोटीन त्र्रिस्टल्स पाइन्छ, जो प्रोटिन, फ्याट, शुगर र एमिनो एसिडले भरपुर हुन्छ । यो एक पूर्ण भोजन हुनेछ ।

साङ्लाको दुध गाइको दुधभन्दा चार गुणा र भैंसीको दुधभन्दा तीन गुणा बढी प्रोटिनयुक्त हुनेछ । साथै यसमा पाइने एमिनो एसिडले शरीरमा नयाँ सेल बनाउन सहयोग गर्छ । सुपर फुड सम्बन्धी अध्ययन गरिरहेका भारतिय बैज्ञानिक पनि यसमा सामेल छन् । यो रिसर्च ‘इन्टरनेशनल युनियन अफ क्रिस्टलग्राफी’ म्यागजिनको २०१६ को अंकमा प्रकाशित छ । यो रिसर्च गरिरहेको संचारी बनर्जीका अनुसार साङ्लाको दुध भविष्यमा अत्यान्तै लाभकारी हुनेछ ।

तर साङ्लाबाट दुध उत्पादन गर्नु सजिलो काम छैन । त्यसैले यसलाई चक्कीको रुपमा बनाइनेछ । यसका लागि करिब १ सय प्यासिफिक बिटल साङ्ला आवश्यक हुन्छ । तर, कतिपय बैज्ञानिकले भने यो रिसर्चलाई मानेका छैनन् । उनीहरुले भनेका छन् कि यदि कम क्यालोरीयुक्त दुध खाने हो भने बदाम मिल्क पनि बिकल्प हुनसक्छ । अमेरिकी अनुसन्धानदाताहरुका अनुसार साङ्लाको दुधमा हर्मोन्सको लेभल कसरी र कति कम हुन्छ, यसको सटिक जानकारी अहिलेसम्म पाउन सकिएको छैन ।

चीनमा साङ्ला खेती
त्यसो त चीनमा अहिले साङ्लाको खेती नै गर्न थालिएको छ । साङ्लालाई खानेकुराको रुपमा प्रयोग गर्नका लागि विशेष किसिमले त्यसको उत्पादन थालिएको हो । त्यहाँ करोडौं साङ्ला उत्पादन गरिन्छ । यसको बारेमा युट्युबहरुमा समेत सामाग्री पाउन सकिन्छ ।





























प्रतिक्रिया