पब्लिक स्पीकर नेपाल २ को काठमाडौं अडिसन सम्पन्न

पब्लिक स्पीकर नेपाल २ को काठमाडौं अडिसन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

‘आजको वक्तृत्व, भोलिको नेतृत्व’ भन्ने मूल नाराका साथ राष्ट्रव्यापी प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को काठमाडौं अडिसन सम्पन्न भएको छ । देशको विभिन्न ११ स्थान पश्चात नेपाल पर्यटन बोर्डमा जेष्ठ ९ र १० गते आयोजित कार्यक्रमबाट ३८ जना युवाहरु अघिल्लो चरणको प्रतियोगिताका लागि छनौट भएका हुन् ।

१४ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गरिएको पब्लिक स्पीकर नेपाल २ एक खुला वक्तृत्वकला प्रतियोगिता हो । देशभरबाट छानिएका उत्कृष्ट वक्ताहरुलाई काठमाडौंमा भेला गराई नेतृत्व विकास लगायतका विषयमा तालिम प्रदान गरिने र उनीहरुबीच अन्तिम चरणको प्रतियोगिता गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने प्रतियोगीले पुरस्कार स्परुप रु तीन लाख प्राप्त गर्नेछ भने प्रथम उपविजेतालाई रु दुई लाख र द्वितीय उपविजेतालाई रु एक लाख प्रदान गरिनेछ
। एक्रेटिभ मिडिया आयोजक रहेको सो कार्यक्रमको मुख्य प्रायोजकमा प्रान लिची ड्रिंक रहेको छ भने इन एसोसियसनमा प्रान पोटेटो क्र्याकर, ड्रिभन बाईमा हिरो र पार्वड बाईमा मर्सी एजुकेसन रहेको छ ।

Logo