काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष निर्देशन दिएका छन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली र प्रचण्डले विशेष निर्देशन दिएका हुन् । संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार हुन नदिन दुई अध्यक्षले जोड दिएका हुन् । ‘सुशासनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ’, अध्यक्षको निर्देशनबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो मुख्य कार्यसूची संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भष्टाचार नगर्ने, हुन नदिने र भएमा तत्काल कारबाही गर्ने हो । हामी सबै त्यही बाटोमा अघि बढ्नुपर्छ ।’
सुशासन नभएमा देश समृद्ध हुनै नसक्ने भन्दै दुर्इ अध्यक्षले सबै केन्द्रीय सदस्यलाई सुशासनमा आफ्नो तहबाटै काम गर्न आग्रह गरे । दुई अध्यक्षको निर्देशनमा केन्द्रित भएको पहिलो बैठकले केन्द्रीय सदस्यको हस्ताक्षर सहितको विवरण तयार पारेको छ । बिहीबारको बैठकको प्रमुख कार्यसूची नै केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विवरण तयार पार्ने थियो ।
‘म आफू पनि भष्टाचार गर्दिन भनेर घोषणा गरेको छु, अरुले गर्ने भष्टाचारलाई पनि सहदिन भनेको छु’ प्रधनमन्त्री ओलीले बैठकलाई सम्बोधन गदै भने, ‘वितरणलाई समुचित र न्यायपूर्ण ढंगले व्यवस्थित गर्ने गरी काम गर्न तीनवटै सरकारमा रहेका साथीलाई निर्देशन दिन्छु । त्यही अनुसार परिचालन गराउन तपाईहरुले पनि भूमिका खेल्न आग्रह गर्छु ।’
अन्नपूर्णबाट































प्रतिक्रिया