काठमाडौं
राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ । राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फर्ममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौं भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
शुक्रबारबाट राजधानीका सबै पोल्टीर्फममा ¥यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले पशुसेवा बिभागलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया