काठमाडौं

कर्तव्य ज्यान मुद्दामा जेल सजायँ भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । "/>

सर्वोच्च अदालतको आदेश बेवास्ता : बालकृष्ण ढुंगेलको कैद मिनाहा !

सर्वोच्च अदालतको आदेश बेवास्ता : बालकृष्ण ढुंगेलको कैद मिनाहा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कर्तव्य ज्यान मुद्दामा जेल सजायँ भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजायँ भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालय समक्ष सिफारिस गरेको हो ।

ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरीत कैद मिनाहाको सिफारिस गरिएको हो । उनीसँगै आठ सय बढी कैदीको कैद मिनाहाको सफाारिस भएको छ । ढुंगेलको कैद मिनाहाका लागि गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनी लगायत प्रक्रिया पुगेका कैदीको कैद मिनाहाको सिफारिस कारागार व्यवस्थापन विभागमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको सिफारिसका आधारमा विभागले कारागार नियावली अनुसार मन्त्रालयमा सिफारिस गरेको हो । विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीले आठ सय बढी कैदीको कैद मिनाहाका लागि मन्त्रालयमा सिफारिस गरिएको बताए । ‘सबैको नाम याद छैन, काठमाडौं जिल्ला प्रशासनबाट आएको नामावली रुजु गरी प्रक्रिया पुगेको हकमा सिफारिस गरिएको हो’, मैनालीले भने ।
नागरिकबाट

Skip This
Skip This
Logo