काठमाडौं

संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । "/>

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ ।

प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्रीले राजपाका नेताहरूलाई सरकारमै आएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘तपार्इं हामी सँगसँगै काम गर्ने वातावरण बनाऔं । सरकारमा आउनुहोस् ।’ जवाफमा राजपा नेताहरूले संविधान संशोधन गर्ने वातावरण बनाए आफूहरू सरकारमा आउने जनाएका थिए ।

स्रोतका अनुसार राजपाका नेताहरूले भनेका थिए, ‘हात्ती छिर्यो । पुच्छर अड्कियो जस्तो भएको छ । यही संविधान मानेर हामी चुनावमा गयौं । प्रदेश दुईमा सरकार बनायौँ । केन्द्रमा सरकरलाई सहयोग ग¥यौँ । अब पनि संविधान संशोधन गर्न किन अड्काउने ?’
नागरिकबाट

Skip This
Skip This
Logo