सुर्खेत

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन् । "/>

विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती : गृहमन्त्री थापा

विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन् । जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ ।

‘राजनीतिक, धार्मिक र जातीय आवरणमा राज्य व्यवस्थालाई स्वीकार नगर्ने अतिवादी समूहको नियन्त्रण हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो’ कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री थापाले भने, ‘यसका साथै केही बाह्य चुनौतिहरु पनि हाम्रा सामु छन् ।’

गृहमन्त्री थापाले विकास र समृद्धिका लागि सुशासन, स्थायित्व र शान्ति अपरिहार्य रहेको बताउँदै यसका लागि सबै प्रदेशमा सुरक्षा रणनीति बनाइने बताए । ‘गृह मन्त्रालयले सुरु गरेको सिण्डिकेट अन्त्यको अभियान प्रभावकारी बनेको छ, अब विकास र समृद्धिका लागि सुशासन, स्थायित्व र शान्ति आवश्यक छ’, उनले भने, ‘भ्रष्टाचार, सिण्डिकेट र अपराध नियन्त्रण गर्न सबै प्रदेशमा सुरक्षा रणनीति बनाएर अगाडि बढ्छौं ।’
नागरिकबाट

Logo