विराटनगर
साँढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ । अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।
उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो । विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेक भित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो ।
सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याइएको छ । गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया