काठमाडौँ
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेंशी सडकको रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै सोही अवसरमा नेपाली सेनाले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक योजनाका प्रमुख सुबोधकुमार देवकोटालाई औपचारिक रूपमा उक्त सडक हस्तान्तरण गरेको छ ।
तत्कालीन अर्थमन्त्री रामशरण महतले शिलान्यास गरेको मैलुङ–स्याफ्रुबेंशी सडक खण्डमा नेपाली सेनाले २०७२ वैशाख १ गतेबाट निर्माणको काम शुरु गरेको थियो । शुरुआतमा ७ किलोमिटर ‘सिड्डल लेन’ को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ किमिको डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।
बेत्रावती–धुन्चे–स्याफ्रुबेंशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ–स्याफ्रुबेंशी सडकखण्डको दूरी करिब २५ किमि कम भएकाले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुका साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रूपमा समेत रहेको छ ।
नेपाल समाचारपत्रबाट/ तस्विरः रासस





























प्रतिक्रिया