बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोटमा करेन्ट लागेर दुई युवतीको मृत्यु भएको छ । शनिबार बिहान जंगलमा घाँस काट्न गएका स्थानीय २० वर्षीया निशा कँडेल र २५ वर्षीया गुमा कँडेल अबेरसम्म घरमा नफर्केपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
बिहान अबेर सम्म पनि घरमा नफर्केपछि अभिभावक र आफन्तले निरन्तर फोन गरेका थिए । तर सम्पर्क नभएकाले वनमा गएर खोजी गर्ने क्रममा विद्युत पोल नजिकै दुई युवती मृत अवस्थामा भेटिएको स्थानीय भरत सापकोटाले जानकारी दिए ।
करेन्ट लागेर मृत्यु भएको घटनापछि अवस्था तनावपूर्ण बनेको थियो । विद्युत प्राधिकरणको चरम लापवाहीका कारण दुई युवतीले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले मध्यपहाडी लोकमार्ग अवरुद्ध समेत गरेका थिए । उनीहरुले मृतक युवतीको शव उठाउन समेत दिएका छैनन् । विद्युत प्राधिकरणले घटनाको जिम्मेवारी लिनु पर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, जीर्ण पोल हटाएर जोखिम अन्त्य गर्नुपर्ने लगायत माग स्थानीयले राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारे पनि आक्रोशित स्थानीयले विद्युत प्राधिकरणले घटनाको जिम्मा नलिए सम्म शव उठाउन नदिने अडान राखेको प्रहरी नायव निरीक्षक कृष्ण कार्कीले जानकारी दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया