नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई सुझाव दिनुभएको छ ।
पार्टी एकिकरण पछि सनिबार संघीय संसद भवन नयावानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा अध्यक्ष दाहालले ठुलो पार्टी भयौ भन्दैमा प्रतिपक्षीलाई कमजोर नठान्न सांसदहरुलाई सुझाव दिनुभएको हो । पार्टी एकिकरणले दिएको उत्साह र उर्जा संगै प्रतिपक्षी दलबाट हुन सक्ने विरोध र संघर्षका चुनौति पनि उत्तिकै बढ्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
युद्धमा पराजित भएको सेनाले युद्धकला र त्यसको शिक्षा अझै राम्रो संग सिक्न मेहनत गर्ने प्रसंग उल्लेख गर्दे उहाँले बैचारिक ढंगले प्रतिपक्षी दलले आफुहरुका कमजोरीलाई औल्याउन अझै मेहनत गर्ने भएकाले ठुलो पार्टीको आनन्द महसुस गरेर ढुक्क रहने अवस्था नरहेको तर्फ सर्तक रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन । ”
अध्यक्ष दाहालले पार्टी एकिकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटना को संज्ञा दिनुभयो । यो परिघटनालाई विश्वले नै अत्यन्तै चासोका साथ हेरिरहेको तथा जनताको अपेक्षा पनि बढाएकाले विगतमा भन्दा कयौ गुणा चुनौति र जिम्मेवारी थपिएको बोध गर्दै सबै अपेक्षा पुरा गर्ने दिशामा अग्रसर हुन पनि उहाँले सबैलाई आव्हान गर्नुभयो । ठुलो उपलब्धीबाट बढी आत्मसन्तुष्ठी र ओभरकन्फिडेण्टका अनुभुति देखाउने काम भए त्यो प्रत्युत्पाक हुने भन्दै उहाँले प्रतिपक्षीको तर्फबाट हुनसक्ने विरोधलाई सामना गर्ने क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो ।
उहाँले एकिकृत पार्टी प्रति जनताको ठुलो विश्वास र आस्था रहेकाले विकासका आयोजनामा केन्द्रीत रहेर मुलुकको अर्थतन्त्रलाई असर गर्ने गरि योजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।































प्रतिक्रिया