काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ । "/>

नेपाल कम्युनिस्ट पार्टीको राज्य संयन्त्रमा पनि दरिलो पकड

नेपाल कम्युनिस्ट पार्टीको राज्य संयन्त्रमा पनि दरिलो पकड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ । यी दुई दल बीच बिहीबार एकता भएको थियो । एकीकरणपछि बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

दुई दल बीचको एकतापछि नेपालको राजनीतिक इतिहासमा उल्लेख्य जनमत प्राप्त यो दलको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका छन् । ओली संघीय सरकारका प्रधानमन्त्री पनि हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकमना सरकारको नेतृत्व गरेका छन् ।

सरकारमा यही पार्टीका ४ राज्यमन्त्री सहित २१ मन्त्री छन् । ‘झन्डै दुई तिहाइ बहुमतका साथ केन्द्रमा कम्युनिस्ट पार्टी सरकारमा छ । यो स्थिति प्रदेश र स्थानीयतहमा पनि छ’, प्रधानमन्त्री ओलीले बिहीबार नयाँ पार्टी घोषणासभामा भनेका थिए । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले भने झै यो पार्टीले निर्वाचनबाट प्रतिनिधित्व हुने राज्यका सबै तहमा एकछत्र पकड जमाएको छ ।

निर्वाचन मार्फत प्रतिनिधित्व हुने राज्यका ‘टप सेभेन’ तहमा यो पार्टीको एकलौटी स्वामित्व छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल यही दलबाट निर्वाचित भएका हुन् ।
नागरिकबाट

Logo