डोल्पा

कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । "/>

जता विद्यार्थी उतै विद्यालय : यार्चा पाटनमा घुम्ती अध्यापन

जता विद्यार्थी उतै विद्यालय : यार्चा पाटनमा घुम्ती अध्यापन

केन्द्रबिन्दु
0
Shares

डोल्पा

कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् । एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् ।

त्यसैगरी जगदुल्लाको प्वाग पाटनमा मुनामदन प्रावि छाँचु र काइके गाउँपालिकाको ठागे पाटनमा अरनिको मावि सहरताराले घुम्ती विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका सहायक प्रमुख सिंहराज डाँगीले बताए । घुम्ती विद्यालय सञ्चालनका लागि एक जना प्रधानाध्यापकको संयोजनमा तीन शिक्षक, एक पाल, प्रतिविद्यार्थी दुई सेट कापी, कलम र खाजा व्यवस्था गरिएको डाँगीले बताए ।

१ जेठ देखि डोल्पाका ११२ वटा विद्यालयका विद्यार्थी यार्चा संकलनमा गएपछि विद्यालय बन्द थिए । करिब एक महिना भन्दा धेरै समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा बाधा हुने भएपछि शिक्षा विभागले डोल्पाका लागि घुम्ती विद्यालय व्यवस्था गरेको शिक्षा विकास समन्वय इकाइ डोल्पाका प्रमुख डोलराज काफ्लेले बताए ।
राजधानीबाट

Logo