काठमाडौँ

अधिकांश ग्याँस कम्पनीले असुरक्षित सिलिन्डरमा ग्याँस भरेर बजारमा पठाउने गरेका छन् । "/>

भान्सा–भान्सामा असुरक्षित ग्याँस सिलिन्डर

भान्सा–भान्सामा असुरक्षित ग्याँस सिलिन्डर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अधिकांश ग्याँस कम्पनीले असुरक्षित सिलिन्डरमा ग्याँस भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्याँस भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।

विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्याँस भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुने विभागका सहप्रवक्ता देवेन्द्र केसीले बताए । ‘भल्ब मर्मत गर्दा ग्याँस सिलिन्डरबाट ग्याँस लिक भएर आगलागी हुने सम्भावना उच्च हुन्छ,’ केसीले भने ।

खाना पकाउने ग्याँसमा जोडिने भल्ब प्रायः बिग्रिने हुँदा ग्याँस कम्पनीहरूले मर्मतकै लागि कर्मचारी राख्ने गरेको अनुगमनका क्रममा भेटिएको उनले बताए । ‘यो–त्यो कम्पनी भन्ने छैन । अधिकांश कम्पनीले भल्ब मर्मत गर्ने गरेको पाइयो,’ केसीले भने । सिलिन्डरको भल्ब बिग्रिए नयाँ भल्ब नै फेर्नु पर्ने हुन्छ । नयाँ भल्ब पनि गुणस्तर परीक्षण गरिएको हुनु पर्छ । बिग्रिएको भल्ब मर्मत गरेर चलाउनु गैरकानुनी हो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo