काठमाडौँ

नेकपा एमाले र नेकपा माआवादी केन्द्रको एकतामा नेपाली कांग्रेसले सकारात्मक धारणा राखेको छ । "/>

अब नेपालमा कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक शक्ति

अब नेपालमा कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक शक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा एमाले र नेकपा माआवादी केन्द्रको एकतामा नेपाली कांग्रेसले सकारात्मक धारणा राखेको छ । कांग्रेसका नेताले दुई पार्टी प्रणालीको प्रस्थानबिन्दु भएको बताएका छन् । ठूला र शक्तिशाली देशमा भए जस्तै नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक गरी दुई दल मात्र हुने कांग्रेस नेताहरुको विश्लेषण छ । कांग्रेसका नेता धनराज गुरुङले एमाले र माओवादी एकता मुलुक दुई पार्टी प्रणालीमा जाने प्रस्थान बिन्दु भएको बताए । ‘अब कम्युनिस्ट भर्सेज प्रजातान्त्रिक शक्ति हुन्छ,’ उनले भने, ‘मुलुकको लागि यो राम्रो कुरा हो ।’

उता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक दुई पार्टी प्रणालीमा जान सक्ने सम्भावना अस्वीकार नगरे पनि अहिले त्यसो भनिहाल्नु हतारो हुने प्रतिक्रिया दिएका छन् । ‘यो एकीकरणले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक र कम्युनिस्ट दुई मात्रै पार्टी बन्ने लक्षण त देखिएको छ, कांग्रेस प्रवक्ता शर्माले भने, तर अहिले नै हाम्रो जस्तो मुलुक दुई पार्टी सिस्टममा गइहाल्छ भन्नु चाँहि हतारो हुन्छ ।’

एमाले र माओवादी केन्द्रको एकता कांग्रेसका लागि चुनौती र अवसर दुवै भएको उनीहरुले बताएका छन् । कांग्रेस प्रवक्ता शर्माले दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण कांग्रेसको लागि चुनौती र अवसर दुवै भएको बताए । ‘एकातिर आफ्ना प्रतिस्पर्धी दुई ठूला दल मिल्नु कांग्रेसलाई चुनौती हो,’ उनले भने, ‘अर्कातिर दुई ठूला दल मिल्नुलाई सकारात्मक रुपमा लिएर नवीन र आत्मावोध गरी आफुलाई सुधार्ने दिशामा जाने अवसर हो ।’
अन्नपूर्णबाट

Logo