काठमाडौँ

भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्बाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साता भित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । "/>

लापर्बाही गर्ने ठेकेदारको विवरण पठाउन गृह मन्त्रालयद्धारा परिपत्र

लापर्बाही गर्ने ठेकेदारको विवरण पठाउन गृह मन्त्रालयद्धारा परिपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्बाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साता भित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई यस्तो परिपत्र गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरू पनि कमसल हुने गरेको गुनासो बढेपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले सूची बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री बादलको निर्देशन अनुरूप मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको छ ।

‘जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एकसाता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने ।’ पत्रमा उल्लेख छ । गृह मन्त्रालयले यस्तो सूची प्राप्त भइसकेपछि लापर्बाही गर्ने तयारी गरेको छ ।
नयाँ पत्रिकाबाट

 

Skip This
Skip This
Logo