झापा

विद्यालय जान घरबाट हिँडेका विद्यार्थी बिहीबार बिहान १०ः३० बजे बिर्तामोडको मुक्तिचोकमा ट्राफिक प्रहरीलाई सघाउँदै थिए । "/>

ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र चकलेट !

ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र चकलेट !

केन्द्रबिन्दु
0
Shares

झापा

विद्यालय जान घरबाट हिँडेका विद्यार्थी बिहीबार बिहान १०ः३० बजे बिर्तामोडको मुक्तिचोकमा ट्राफिक प्रहरीलाई सघाउँदै थिए । ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले धमाधम रोके । ती सवारीका चालकलाई विद्यार्थीले सडकमै ट्राफिक नियम सिकाए । र हातमा चकलेट अनि फूल दिएर बिदा गरे ।

यो दृश्य सबैले रमाइलो मानेर हेरिरहेका थिए । बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको एमिटी पब्लिक स्कूलका एक सय १० जना विद्यार्थीले डेढ घण्टा सम्म सडकमा उभिएर ट्राफिक सचेतना प्रदान गरे । कक्षा ६ र ७ का यी विद्यार्थीले आफ्नो २ पिरियड पढाई छाडेर ट्राफिक सचेतना प्रदान गरेका हुन् ।

हातमा फूल र चकलेट बोकेर सडक किनारमा उभिएका कलिला विद्यार्थीले पैदलयात्रीहरुलाई जेब्राक्रस मार्फत बाटो काट्न मात्र सिकाएनन् । सवारी चालकलाई पनि ट्राफिक नियम उल्लंघन नगर्न आग्रह गरे ।
नयाँ पत्रिकाबाट

Logo