सोलुखुम्बु

सगरमाथा आरोहणको विहिबार पाँचौं दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । "/>

विहिबार सम्म डेढसयले गरे सगरमाथा आरोहण

विहिबार सम्म डेढसयले गरे सगरमाथा आरोहण

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु

सगरमाथा आरोहणको विहिबार पाँचौं दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जनाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

हिजो आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । हिजो सम्मको तथ्याङ्क अनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिला सहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।
रासस

Logo