काठमाडौं
तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना शिलान्यास गरेको १४ जेठमा १ वर्ष हुँदैछ । राष्ट्रिय गौरवको यो आयोजना ४ वर्षमा सक्ने लक्ष्य हो । तर २५ प्रतिशत समय सकिँदा पनि ७६ दशमलव २ किलोमिटर लम्बाइको फास्ट ट्र्याकको डिपिआर समेत तयार भएको छैन । जब कि पूर्वाधार आयोजना निर्माणको प्रमुख आधार विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हो ।
निर्माण जिम्मा पाएको सेनाले अहिले गरिरहेको काम आयोजनाको पूर्वतयारी मात्र हो । अहिले सेनाले आयोजनाको ठेक्का समेत गलत तरिकाले गरिरहेको पूर्वाधार विज्ञहरूको भनाइ छ । डिपिआर नै नभई केका आधारमा ठेक्का दिइएको हो बुझ्न सकिएको छैन,’ एक विज्ञले भने । सेनाले भने एसियाली विकास बैंकले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा काम गरिरहेको दाबी गरेको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया