काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ ।
मन्त्रालयले ऐनको मस्यौदा सामान्य अध्ययनपछि एक हप्ता भित्र मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । मस्यौदामा ऐन स्वीकृत भएको एक वर्षपछि मात्र उमेरहद ६० वर्ष रहने व्यवस्था लागू हुने उल्लेख छ । ‘नेपालीको औसत आयु बढिरहेको छ र काम गर्न सक्ने उमेरमै कर्मचारीलाई घर पठाउँदा राज्यलाई फाइदा पुग्दैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘एक वर्षपछि उक्त व्यवस्था लागू हुने प्रावधानले सचिव हुनै लागेका पनि सचिव हुने भए, अरू कर्मचारीले समेत ६० वर्ष सम्म सेवा गर्न पाए ।’
तीन वर्षअघि लोकसेवा आयोगले समेत निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउन सुझाब दिएको थियो । तर मन्त्रिपरिषद्बाट ऐनका लागि विधेयक स्वीकृत नहुँदा उक्त व्यवस्था हटाइएको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया