काठमाडौं

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । "/>

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद !

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांक अनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ ।

दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नु पर्ने हुन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । दैनिक रुपमा भारतबाट करिब ५ करोड ७ लाख रुपैयाँको बिजुली आयात भइरहेको छ । चालू आवको १० महिनामा १ अर्ब ९३ करोड युनिट बिजुली भारतबाट आयात गरिएको जानकारी प्रवक्ता अधिकारीले दिए । उनका अनुसार चालू आवका बाँकी दुई महिना सकिँदा सम्म करिब २ अर्ब युनिट बिजुली आयात हुने देखिन्छ ।

‘चालू आर्थिक वर्षको अन्त्य सम्म १८ अर्ब रुपैयाँको हाराहारीमा भारतबाट बिजुली आयात हुने अनुमान छ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने, ‘यो गत आवको भन्दा बढी हो ।’ गत आवमा १४ अर्ब रुपैयाँ भन्दा बढीको बिजुली आयात भएको थियो । एक मेगावाट बिजुली उत्पादन गर्न करिब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ । यो हिसाबले भारतबाट चालू आवमा बिजुली किनेको पैसाले एक सय मेगावाट सम्मको आयोजना निर्माण गर्न सकिन्छ ।
नागरिकबाट

Logo