काठमाडौं
मौसम प्रतिकुल भएका कारण म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । मंगलबार सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए । "/>

सगरमाथा आरोहणः मौसमले साथ नदिँदा मंगलबार सय आरोही रोकिए

सगरमाथा आरोहणः मौसमले साथ नदिँदा मंगलबार सय आरोही रोकिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
मौसम प्रतिकुल भएका कारण म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । मंगलबार सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए । सोमवार राति देखि चुचुरोतिर लागेका स्वदेश तथा विदेशका सय भन्दा बढी आरोही मौसम खराव भएपछि विभिन्न क्याम्पमा रोकिए, सगरमाथा आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने, ‘आठ हजार मिटर माथिको मौसम एक्कासी बिग्रिएपछि सबै आरोही आरोहण रोक्न बाध्य भए ।

श्रेष्ठका अनुसार ती आरोही मंगलबार राति देखि पुनः शिखरतिर लम्कनेछन् । मौसमले साथ दिए ती आरोही भोलि बुधवार बिहान ८ देखि ११ बजे भित्र शिखर पुग्नेछन् । सगरमाथा शिखरमा मंगलबार कुनै आरोही नपुगे पनि सँगैको अर्को हिमाल ल्होत्सेको ६ नेपाली र ४ विदेशीले सफल आरोहण गरेका छन् ।

यस अघि सोमवार अनुकूल मौसमको फाइदा उठाउँदै चार दर्जन भन्दा बढी आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आधारशिविर देखि चौथो क्याम्प सम्म अनुकूल मौसम कुरिरहेका सयौं आरोही मध्ये सोमबार एकै दिन स्वदेश तथा विदेशका ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
नागरिकबाट

Logo