काठमाडौं
सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले मंगलबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते र गत वैशाख २ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘चापाकोट नगरपालिकाको शिक्षा समितिको बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु यथास्थितिमा राख्नु ।’ सोही नगरपालिकाका स्थानीय डिल्लीराज आचार्यले स्थानीयतहका जनप्रतिनिधि र शिक्षक कर्मचारीहरुले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी भर्ना गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा मात्र पढाउनु पर्ने कारण १५ दिन भित्र लिखित जवाफ पेश गर्न नगरपालिका र नगर प्रमुखका नाममा आदेश दिएको छ भने दुवै पक्षलाई छलफलका लागि यही जेठ ६ गते बोलाएको छ ।
रासस































प्रतिक्रिया