काठमाडौँ

सरकारले आयातीत चिनी रोक्ने उद्देश्यले चिनीमा लाग्दै आएको भन्सार बढाए पनि सर्वोच्च अदालतले भन्सार वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । "/>

चिनीको भन्सार वृद्धिमा सर्वोच्चको रोक

चिनीको भन्सार वृद्धिमा सर्वोच्चको रोक


काठमाडौँ

सरकारले आयातीत चिनी रोक्ने उद्देश्यले चिनीमा लाग्दै आएको भन्सार बढाए पनि सर्वोच्च अदालतले भन्सार वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सोही कारण चिनीमा भन्सार नबढ्ने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भएका कारण नेपालमा चिनीको आयात बढ्दो रहेको छ । चिनीको आयात बढ्दो भएकाले नेपालमै उत्पादन हुने चिनीले प्रतिस्पर्धा गर्न नसकेको चिनी उद्योगहरूको भनार्इ थियो । आयातीत चिनीकै कारण नेपाली उद्योगीले किसानको उखु समेत खरिद गर्ने गरेका थिएनन् । जसका कारण नेपाली उखु किसान समेत मर्कामा परेको सरकारको ठहर थियो ।

नेपाली उखु किसान र चिनी उद्योगी दुवै मर्कामा पर्ने देखिएकाले आयातीत चिनी रोक्नु पर्ने भन्दै सरकारले करिब दुई महिना अघि चिनीमा लाग्दै आएको भन्सार बढाएको थियो । तर व्यापारी नरेश दुगडले चिनीमा भन्सार बढाउने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले चिनीको भन्सार बढाउने निर्णय कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश दिएको हो ।
राजधानीबाट

Logo