सर्लाही

वैज्ञानिक वन व्यवस्थापनको नाममा जिल्ला वन कार्यालय सर्लाहीले धमाधम वन फँडानी गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । "/>

व्यवस्थापनकै नाममा वन फँडानी, स्थानीय आक्रोशित

व्यवस्थापनकै नाममा वन फँडानी, स्थानीय आक्रोशित

केन्द्रबिन्दु
0
Shares

सर्लाही

वैज्ञानिक वन व्यवस्थापनको नाममा जिल्ला वन कार्यालय सर्लाहीले धमाधम वन फँडानी गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । जिल्लामा वन मासिँदै गएको अवस्थामा खाली जमिनमा वृक्षरोपण गर्नुको सट्टा हरिपुर नगरपालिका–१ जानकीनगरको जानकीनगर साझेदारी वनका रूख काटिन थालेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

‘दिन प्रतिदिन वन सखाप बन्दै गएको छ,’ स्थानीय राजन तामाङले भने, ‘छँदा खाँदाको वन मासेर कस्तो वन संरक्षण गर्न लागेको हो ?’ वन फँडानीले वन्यजन्तु भाग्ने र पर्यावरणमा नकरात्मक प्रभाव पर्ने भन्दै स्थानीयवासी वन फँडानी रोक्न लागिपरेका छन् । रूख काट्दा जनजीवनमा प्रत्यक्ष–अप्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भएकाले बाध्य भएर आन्दोलन गर्नु परेको स्थानीयको भनाइ छ ।

वनको रूख एक्कासि कटान गर्न थालेपछि आन्दोलनमा उत्रनुपरेको हरिपुर–१ का वडा सदस्य कुमार चौलागार्इंले बताए । ‘यो कस्तो वन व्यवस्थापन हो रु’ चौलागाईंले भने, ‘खाली जमिनमा वृक्षरोपण गर्नुपथ्र्यो तर सालका पुराना रूखहरू काटिन थालेपछि वन कार्यालयप्रति शंका उत्पन्न भएको छ ।’ रूख कटान भएपछि जमिन मरुभूमि बन्ने खतरा बढेको स्थानीय गंगाराम पोख्रेलले बताए । खाली ठाउँमा रूप रोपेर मात्र ठूला रुख काट्नुपर्ने उनको तर्क छ । उपभोक्ता समितिलाई जानकारी नै नदिई रूख काटिएको स्थानीय दामोदर भण्डारीले बताए ।
राजधानीबाट

Logo