काठमाडौँ

काठमाडौं उपत्यका भित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक पाइएको छ । "/>

उपत्यका भित्रै तरकारीको फरक फरक मूल्यः मूल्य निर्धारणमा विक्रेताकै मनोमानी

उपत्यका भित्रै तरकारीको फरक फरक मूल्यः मूल्य निर्धारणमा विक्रेताकै मनोमानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौं उपत्यका भित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो ।

तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको छ । कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको खुद्रा मूल्य ४८ रुपैयाँ प्रतिकिलो छ । तर त्यही खुर्सानी मैतीदेवीमा ७० रुपैयाँ र कुपण्डोलमा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो । त्यस्तै कालीमाटीमा खुद्रा मूल्य ३८ रुपैयाँ प्रतिकिलोेका दरले रहेको ठूलो गोलभेंडा कुपण्डोलमा ५० रुपैयाँ प्रतिकिलो र मैतीदेवीमा ४० रुपैयाँ प्रतिकिलोेका दरले बिक्री भइरहेको थियो ।

कालीमाटी तरकारी बजारमा प्रतिकिलो ५५ रुपैयाँका दरले रहेको भन्टा कुपण्डोलमा उपभोक्ताले ७० रुपैयाँमा खरिद गरिरहेको देखियो । खुद्रा विक्रेताहरूले ग्राहकले खरिद गर्ने परिमाणका आधारमा तरकारीको मूल्य निर्धारण गरिने बताएका छन् । त्यस्तै सानो गोलभेंडाको मूल्य ठाउँ अनुसार २२ रुपैयाँ देखि ४५ रुपैयाँ सम्ममा बिक्री गरेको पाइयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा ३३ रुपैयाँ प्रतिकिलोेका दरले रहेको काउली अन्य बजारमा ६० रुपैयाँ सम्म पर्ने गरेको छ । सोही काउली काभ्रेका किसानले १५ रुपैयाँ प्रतिकिलोेका दरले बिक्री गर्ने गरेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले तरकारीको गुणस्तर, खरिदको स्रोत र तरकारी खरिद बिक्रीको तहका आधारमा तरकारीको मूल्य फरक हुने गरेको बताए । ‘छिट्टै कुहिने तरकारी भएमा बिहान एउटा मूल्य र बेलुका एउटा मूल्य हुनु स्वभाविकै हो,’ उनले भने, ‘विक्रेताले खरिद गर्ने स्रोत कस्तो हो र कति तहबाट विक्रेता सम्म आइपुगेको छ भन्ने कुराले पनि तरकारी मूल्य फरक हुन्छ ।’
राजधानीबाट

Logo