काठमाडौँ

सामाजिक सञ्जाल देखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन् । "/>

नाकाबन्दीबारे कसैले चुँ सम्म पनि बोलेनन् !

नाकाबन्दीबारे कसैले चुँ सम्म पनि बोलेनन् !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सामाजिक सञ्जाल देखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन् ।

जनकपुरधामको बाह्रविगाह मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा रक्षामन्त्री र्इश्वर पोखरेलले ‘नेपाल भारत सम्बन्धमा अतितमुखी हैन भविश्यमुखी भएर बढ्छौं’ भन्नु बाहेक कतै नाकाबन्दीको चुँ सम्म भएन । मन्त्री पोखरेलले द्विपक्षीय सम्बन्ध सदियौं पुरानो भएको बताउँदै भारतका प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणको प्रसंग स्मरण गरेपनि नाकाबन्दी र दुई देशीय सम्बन्ध बारे बोलेनन् । ‘संविधान विभेदकारी भएको र संघर्ष जारी रहेको’ बताएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मधेस केन्द्रीत राजनीति गरेका अन्य पात्रहरुले नाकाबन्दी बारे बोल्ने कुरै भएन ।

‘मोदी जी, स्वागत छ । नाकाबन्दी बिर्सेका छैनौं ।’ लेखिएको विवेकशील साझा पार्टीको ब्यानर उसको कार्यालयबाट प्रहरीले हटाएको छ । तर अन्य राजनीतिक दलहरु र तिनका सबै उमेर समूहका संगठनहरुले पनि नाकाबन्दी बारे बोलेनन् । विभिन्न मिडियामा पत्रकारहरुका प्रश्नको जवाफ दिंदा नाकाबन्दीको उच्चारण बाहेक राजनीतिक दलका नेताहरु मौन रहे । नेपालले २०७२ असोज पहिलो साता अहिलेको संविधान जारी गरे लगत्तै भारतले ६ महिना नाकाबन्दी लगाएको थियो ।
नागरिकबाट

Logo