मकवानपुर
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को प्रदेशसभा अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् । जेठ १ गतेबाट हुने प्रदेशसभाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली हेटौंडा आउने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रधानमन्त्रीले प्रदेशको बजेट पहिले नै सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
सातवटै प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओली जेठमा हेटौंडा आउन लागेका हुन् । प्रधानमन्त्री कति गते आउने टुंगो नलागेपनि प्रदेश सभाको बजेट अघि नै सम्बोधन गर्ने सम्भावना रहेकाले तयारी गरिरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
देशको राजधानी समेत रहेको प्रदेश ३ को सम्बोधनको विशेष महत्व हुने भएकाले प्रधानमन्त्रीको सम्बोधनलाई विषेश बनाउन तयारी भइरहेको सभामुख श्रेष्ठको भनार्इ छ । सत्तारुढ पार्टी नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सम्बोधनले प्रदेशको राजधानीको विषयलाई समेत प्रभाव पार्ने देखिन्छ ।
नागरिकबाट





























प्रतिक्रिया