काठमाडौँ

सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । "/>

गरिबलाई दिने उपचार कोषको पैसा चार महिनामै सकियो

गरिबलाई दिने उपचार कोषको पैसा चार महिनामै सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । रकम अभावमा उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगेको छ । सरकारले गम्भीर आठ प्रकारका रोग लागेका गरिबलाई ‘विपन्न नागरिक औषधि उपचार कोष’ मार्फत सहयोग दिँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषका लागि आउने पैसा औजार, उपकरण खरिदमा खर्च गर्दा सेवा बन्द हुने चरणमा पुगेको हो । मन्त्रालयले विपन्नका नाममा विगत देखि नै अपुग रकम, त्यो पनि उधारो सहमति गर्दै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको गुनासो छ ।

चालू आर्थिक वर्षमा सरकारले विपन्न नागरिक औषधि उपचार सहायताका लागि १ अर्ब १८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर १ अर्ब रुपैयाँ आर्थिक वर्षको सुरुका चार महिनामै सकिएको महाशाखाका उपजनस्वास्थ्य प्रशासक डा. रामराज पन्थीले बताए । अहिले कोष रित्तो भएकाले विपन्न नागरिकको स्वास्थोपचारमा सहयोग गर्न नसकेको उनको भनार्इ छ । गत वर्ष लागेको ४८ करोड रुपैयाँ ऋण पनि आर्थिक वर्षको चौमासिकमा तिर्नु परेपछि बढी खर्च भएको हो ।

नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo