जनकपुरधाम

बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषामा गरी तीन जनाको मृत्यु भएको छ । "/>

हावाहुरीले प्रदेश २ मा तीनको मृत्यु : कराडौंको क्षति

हावाहुरीले प्रदेश २ मा तीनको मृत्यु : कराडौंको क्षति

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषामा गरी तीन जनाको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा, विजुली पोल ढाल्दा, आँपको चिचिला झर्दा प्रदेश २ मा करोडौं क्षति भएको छ । हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको हो ।

बिहान करिब साँढे ३ बजे आएको तीब्र गतिको हावाहुरीले घर भत्काउँदा सुतिरहेकी सगुनीको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । हावाहुरीले पिलर भाँचिएर सुखीपुर नपा ९ का अशोक गुप्ताको घर बनाउन लागेका मिस्त्री सप्तरी रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार गम्भिर घाइते भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दाउराका लागि जंगल जाने क्रममा हावाहुरीले ढालेको रुखको हाँगाले गम्भिर चोट लाग्दा गौशाला नपा १२ की ३५ वर्षीया फूलवदन देवी महराको मृत्यु भएको छ । त्यस्तै धनुषा क्षिरेश्वरनाथ नपा ५ का करिब ५५ वर्षीया दुःखी दासको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । दास घरमा सुतिरहेकै बेला हावाहुरीले घर भत्काएको प्रहरीले जनाएको छ ।

हावाहुरीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही लगायत प्रदेश २ का सबै जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । हावाहुरीले ठाउँ ठाउँमा विजुलीको पोल ढालेको छ । पोल ढाल्दा विजुली बिहानैबाट प्रदेश २ का अधिकांश जिल्लामा अवरुद्ध छ । जनकपुरधाममा पनि बुधबार बिहान ३ बजेदेखि करिब १५ घण्टा अवरुद्ध भयो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo