काठमाडौँ

तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । "/>

वार्षिक १२ करोडको लेन्स निर्यात हुँदै

वार्षिक १२ करोडको लेन्स निर्यात हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो ।

मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो छ । अस्पतालले वार्षिक रूपमा ३ लाख ५० हजार संख्यामा लेन्स उत्पादन गर्छ । तिलगंगा अस्पतालका उत्पादनतर्फका निर्देशक नवीन अधिकारीले चीन, पाकिस्तान, भियतनाम, कम्बोडिया, साउथ अफ्रिका, श्रीलंका, थाइल्यान्ड, ताइवान, फिलिपिन्स, मंगोलिया लगायतका देशमा लेन्स निर्यात हुने गरेको जानकारी दिए ।

लेन्स बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ युरोपबाट आयात हुने गरेको अस्पतालले जानकारी दिएको छ । प्रतिपिस लेन्सको लागत ३ सय रुपैयाँ देखि २ हजार रुपैयाँ पर्ने अस्पतालले जानकारी दिएको छ । अस्पतालले विभिन्न प्रकारका लेन्स उत्पादन गरी निर्यात गर्ने गरेको छ । सरकारले लेन्स उत्पादन वृद्धि गरेर निर्यात बढाउनका लागि अस्पताललाई १० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo