सिन्धुपाल्चोक
अन्यत्र कतै पनि जग्गाजमिन नभएका भूकम्पपीडितले चर्किएको पहाडको फेदीमा धमाधम घर बनाइरहेका छन्। सरकारले पुनर्निर्माण गर्न ताकेता गरेपछि सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५ सिँगार्चेका भूकम्पपीडितले चर्किएको र धाँजा फाटेको पहाडको फेदीमा घर बनाउन थालेका हुन् ।
गाउँबाट माथि रहेको ठाउँठाउँमा धाँजा फाटेको पहाडमुनि चन्द्रबहादुर तामाङ घर बनाइरहेका छन् । कुनै विकल्प नभएकाले आफू त्यस्तो ठाउँमा घर बनाइरहेको उनको भनाइ छ । ‘डाँडाको ठाउँठाउँमा चिरा परेको छ’, धाँजा फाटेको पहाड देखाउँदै उनले भने, ‘तैपनि घर बनाउने ठाउँ अन्यत्र नभएकाले यहीँ बनाउन थालें । डर नलाग्ने त कुरै भएन ।’
भूकम्पमा धाँजा फाटेको पहाडमुनि ३० घर बनिरहेका छन्। स्थानीय अगुवा बेन्द्रे तामाङ भन्छन्, ‘३० घर त सीधै पहाडमुनिका हुन्, पहिरो गयो भने सिँगार्चे र कसेरीका २ सय ८५ परिवार प्रभावित हुन्छन् ।’ त्यो डाँडामा ठाउँठाउँमा चिरा परेको चन्द्रबहादुरले बताए । ‘तैपनि घर बनाउने ठाउँ नहुँदा यहीँ बनाउन थालें’, उनले भने । थोरै डर भए पनि घर बनाउन सकेकोमा उत्साही देखिएका चन्द्रबहादुर निर्धक्क भन्छन्, ‘त्यत्रो भुइँचालोले त मार्न सकेन, त्यो पहिरो आए पनि जोगिन सकिहालिएला नि ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया